दफा ४७
कीर्ते र भूठ्ठा व्यहोरा सम्बन्धी कसुर
देहायका कुनै कार्य गरेमा कीर्ते र भूठ्ठा व्यहोरा सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) अधिकार प्राप्त व्यक्तिले बनाएको वा हस्ताक्षर गरेको कुनै प्रतिवेदन, फाँटवारी, विवरण, प्रमाणपत्र वा अरू कुनै लिखतमा लेखिएको व्यहोरा साँचो भए नभएको यकिन गर्नु पर्ने कर्तव्य भएको व्यक्तिलेbलापरवाहीकासाथ परीक्षण गरेमा वा धोका दिने नियतले त्यस्तो लिखतमा लेखिएको भूठ्ठा व्यहोरालाई साँचो छ भनी प्रमाणित गरेमा वा सो गर्ने कार्यमा मतियार भएमा,
(ख) खण्ड (क) बमोजिम लिखत प्रमाणित गर्ने क्रममा जानी जानी धोखा दिने नियतले लेख्नु पर्ने कुरा नलेखेमा वा त्यस्तो कार्यमा मतियार भएमा,
(ग) आपूले सुरक्षित गर्नुपर्ने वा चाहिएको बखत पेश गर्नुपर्ने कुनै लिखत कसैलाई हानि पुयाउने वा धोखा दिने नियतले जानी जानी विगारेमा, दबाएमा, लिई भागेमा वा त्यस्तो लिखतको कुनै विवरण खाली राखी कागजात तयार गरेमा,
(घ) कुनै विषयको वारेमा जानकारी राख्नु पर्ने कर्तव्य भएको व्यक्तिले जानी जानी भूठ्ठा व्यहोरा घोषणा गरेमा,
(ङ) कसैले आफ्नो वा अरूको निमित्त निवृत्तभरण, भत्ता वा अरू सहुलियत वा विशेष सुविधा प्राप्त गर्न प्रस्तुत गरेको मागपत्र वा विवरण भूठ्ठा हो भन्ने जानकारी हुँदाहुँदै वा सो कुरामा विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण हुँदाहुँदै पनि कुनै बयान वा लिखत वा अभिलेखमा भूठ्ठा ब्यहोरा लेखे लेखाएमा ।